logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • नाबालकको हत्या आरोपमा बाबुआमा पक्राउ : छिमेकीलाई दोष लगाउने योजना !

    नाबालकको हत्या आरोपमा बाबुआमा पक्राउ : छिमेकीलाई दोष लगाउने योजना !

    5.2K
    Shares

    सन्दर्भ : बाल दिवस

    काठमाडौं । मंगलबार सरकारले विभिन्न कार्यक्रम गरेर बाल दिवस मनाइरहेको छ। बाल दिवसकै पूर्व सन्ध्यामा आफ्नै ८ महिने नाबालकको घाँटी रेटेर हत्या गरेको आरोपमा आफ्नै बाबुआमा पक्राउ परेका छन्। 

    घटना रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ६ को हो। तीन दिन अघि हत्या गरिएका नाबालकको खोजी गर्ने क्रममा सोमबार प्रहरीले हत्यामा संलग्न नाबालककै बाबुआमालाई पक्राउ गरेको हो। 

    पक्राउ पर्नेमा श्रीराम मलुलाह र उनकी पत्नी रेनु छन्। भदौ २६ गते बिहान ८ महिने नाबालकको हसियाले घाँटी रेटेर हत्या भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्। 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोज केसीका अनुसार श्रीरामको घरको छतमा आलो रगत, सुत्ने कोठामा समेत टेबुलमा रगत लागेका हँसिया र ओच्छ्यानमा समेत रगतको टाटा देखेपछि अनुसन्धान गर्दा नाबालकको हत्या बाबुआमाले नै गरेको रहस्य खुल्यो। 

    उनका अनुसार जग्गा सम्बन्धी विवादले उग्र रुप लिएपछि श्रीराम दम्पत्तिले पहिला नाबालकको हत्या गर्ने र पछि आत्महत्या गर्ने योजना बनाएको देखिन्छ। एसपी केसीले भने,‘श्रीराम दम्पत्तिले नाबालकको हत्या गरेको स्वीकार गरिसकेका छन्, हामी थप अनुसन्धानमै छौं।’ 

    अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सुरुमा नाबालकको हत्यापछि आत्महत्या गर्ने योजना बनाए पनि आत्महत्या गर्न नसकेपछि छिमेकीलाई दोष लगाउने योजनामा श्रीराम दम्पत्ती थिए। 

    योजना अनुसार नाबालकको घाँटी रेटेर हत्या गरेर कपडामा गुटुमुुटु पारेर घर भित्रै लुकाएर राखेका थिए। तर, छिमेकी लामो समयसम्म पनि घरमा नआएपछि घटना बाहिर आएको थियो। बच्चा मारिएको जानकारी श्रीराम दम्पत्तिले नै प्रहरीमा गरेका थिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend