logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल 

    टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल 

    5.5K
    Shares

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ४ः१५ बज सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा छ । 

    नेपालले सोमबार भएको पहिलो खेलमा अमेरिकालाई पाँच विकटले हराएको थियो । ओमानविरुद्ध नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । लिग–२ मा नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । सोमबार अमेरिकासँग खेलेपछि नेपालले पाँच खेलबाट ६ अंक बनाएको छ । नेपाल तालिकाको छैटौं स्थानमा छ । १० खेल खेलेको ओमान १६ अंक सहित शीर्ष स्थानमा छ । १३ खेलबाट १२ अंक बनाएको अमेरिका दोस्रो स्थानमा छ ।

    लिग–२ विश्वकप छनोटको आधार हो । लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्नेछन् । जसबाट शीर्ष तीन देशले सन् २०२३ को जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend