logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • एमाले सांसद पाण्डे र भट्टले नेकपा एस रोज्न पाउने

    एमाले सांसद पाण्डे र भट्टले नेकपा एस रोज्न पाउने

    2.6K
    Shares

     काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) एस पार्टी रोज्न पाउने गरि अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार उक्त आदेश दिएको हो । पाण्डे र भट्टले आफूहरू नेकपा एसमा सनाखतका लागि आयोगमा जाँदा अवसर नदिइएको भन्दै रिट दायर गरेका थिए । 

    अदालतले निवेदकले नेकपा एसमा आबद्ध हुने गरी भदौ ८ गते निर्वाचन आयोगमाा निवदेन दिएको भन्दै उनीहरूलाई दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही गर्न नगराउन आदेश अन्तरिम आदेश दिएको हो । 

    पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुन् । भट्ट राष्ट्रियसभा सदस्य हुन् । अदालतको यस निर्णयले अब प्रतिनिधिसभामा नेकपा एमाले ९८ सिटमा घटेको छ भने राष्ट्रियसभामा २५ सिटमा झरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend