logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा एक हजार ५६२ जना संक्रमित, १९ को मृत्यु 

    पछिल्लो २४ घण्टामा एक हजार ५६२ जना संक्रमित, १९ को मृत्यु 

    3.1K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४४३ नमुना परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । एक हजार ५८९ जना निको भएका छन् । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर १०.८१ प्रतिशत छ । तर, देशव्यापी औषत संक्रमण दर १९.३ प्रतिशत रहेको छ । सक्रिय संक्रमित संख्या मंगलबारसम्म २६ हजार २०२ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा ८८ हजार १८४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । कोरोनाका कारण कूल मृत्यु संख्या १० हजार ९८४ पुगेको छ । कूल संक्रमित संख्या ७ लाख ७९ हजार पुगेको मन्त्रालयले जनाएको छ ।

    C0000R.jpg

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend