logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • काठमाडौंमै बोक्सी आरोपमा महिलामाथि कुटपिट : चार जना पक्राउ

    काठमाडौंमै बोक्सी आरोपमा महिलामाथि कुटपिट : चार जना पक्राउ

    6K
    Shares

    काठमाडौं । काठमाडौंको ठूलो भर्‍याङमा झारफुक गरेर बोक्सी झार्ने नाममा एक महिलालाई चरम यातना दिइएको पाइएको छ । ललितपुरको लुभु घर भएकी ३० वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा यातना दिएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुर घर भएर ठूलो भर्याङमा धामी काम गर्ने दीपेन्द्र कुमार थिङ, ललितपुरका जितेन्द्र महर्जन, नुवाकोटका जनार्दन पाण्डे र दशनारायण महर्जन छन् ।

    भदौ २१ मा पेट दुखेपछि ती महिलाले आफ्ना पति जितेन्द्र महर्जनलाई अस्पताल लान आग्रह गरेकी थिइन् । तर, उनले मामा नाता पर्ने दशनारायणसँग मिलेर पत्नीलाई धामी दीपेन्द्र कुमार थिङकहाँ लगेका थिए ।

    ट्याक्सीमा हालेर धामीकहाँ लगेपछि धामीसँग मिलेर चारजनाले ‘बोक्सी चढेको’ भन्दै हात जोड्न लगाएर शरीरमा निलडाम हुनेगरी महिलालाई कुटपिट गरेको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले दिए ।

    यातना दिनेहरु विरुद्ध काठमाडौं प्रहरीले बोक्सी आरोप कसुर सजाय ऐन अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend