logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • माओवादीले गठन गर्‍यो निर्वाचन आयोग : के गर्छ आयोगले ? 

    माओवादीले गठन गर्‍यो निर्वाचन आयोग : के गर्छ आयोगले ? 

    4K
    Shares

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) पार्टीको आन्तरिक निर्वाचनका लागि आयोग गठन गरेको छ । 

    मंगलबार बसेको स्थायी कमिटी बेठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य निर्वाचन आयोग गठन गरेको हो । आयोगले स्थानीय तहदेखि केन्द्रसम्मको निर्वाचन गराउने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

    मंगलबार नै आयोगलाई नियमावली र निर्देशिका बनाउने जिम्मा दिएको प्रवक्ता महराले बताए । 

    माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनबाट पारित गर्नेगरी विधानको टुंगो लगाएको छ । प्रवक्ता महराका अनुसार भाषासँगै केही हेरफेर गरेर विधान पारित गर्ने बताएका हुन् । 

    त्यसैगरी बैठकले विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गरेका नेताको जिम्मेवारी तोक्न बनेको कार्यदलको समय थप गरेको छ । बैठकले प्रदेश समितिका पदाधिकारीको विषयमा थप गृहकार्य गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए । मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल नै नभएको उनको भनाइ छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend