logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • ठगी आरोपमा युवा संघ केन्द्रीय सचिवालय सदस्य पक्राउ 

    ठगी आरोपमा युवा संघ केन्द्रीय सचिवालय सदस्य पक्राउ 

    4.5K
    Shares

    काठमाडौं। ठगी आरोपमा युवा संघ केन्द्रीय सचिवालय सदस्य रुमेस भनिने रुसिल कटुवाल पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका ९ स्थायी ठेगाना भएर काठमाडौं महानगरपालिका ३२ बस्ने ३६ वर्षीय कटुवाल ठगी आरोपमा पक्राउ परेको महानगरीय महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। 

    महाशाखाका अनुसार कटुवाल र मोरङ केराबारी गाउँपालिका ६ स्थायी घर भएर अहिले काठमाडौं महानगरपालिका १० बस्ने धिरजकुमार दाहालले नुवाकोटको तारकेश्वर २ घर भएर काठमाडौं सुकेधारा बस्ने उद्धवप्रसाद अधिकारीसँग चिनजान गरेर धिरजकुमार दाहालको नामको जग्गा कारोबारको नाममा ठगी गरेको आरोप लागेको छ। 

    दाहालको नाममा मोरङ केराबारी गाविस ६ मा रहेको जग्गा बिक्री गर्ने भनेर काठमाडौं सुकेधारमा बैना गरेर बैंकमार्फत् ६८ लाख ९० हजार रकम लिएर पास नगरी बेपत्ता भएपछि परेको उजुरीको आधारमा प्रहरीले मंगलबार कटुवाललाई पक्राउ गरेको हो। 

    कटुवामाथि ठगी कसुरमा थप अनुसन्धान अगाडि बढाएको महाशाखाले जनाएको छ। फरार रहेका दाहालको समेत खोजी भइरहेको प्रहरीको भनाइ छ। कटुवालमाथि अन्य व्यक्तिलाई समेत ठगी गरेको आरोप छ। युवा संघको आडमा उनले धरानदेखि काठमाडौंसम्म विभिन्न व्यक्तिलाई ठगेको आरोपमा उजुरी परेको प्रहरीले बताएको छ। 

    photo-polic.JPG
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend