logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • दलित बालकको उद्धार गरी उपचार

    दलित बालकको उद्धार गरी उपचार

    4.5K
    Shares

    सिराहा । सिराहास्थित मुसहर बस्तीको एक बालकलाई उद्धार गरी उपचार गरिएको छ । स्थानीय समाजिक अभियानकर्ताको सहयोगमा उद्धार गरी उक्त बालकको उपचार गरिएको हो ।

    सिराहाको नरहा गाउँपालिका ४ का ७ बर्षीय सोनुकुमार सदालाई उद्धार गरी सिराहा अस्पतालमा निः शुल्क उपचार गरिएको हो ।  सदा लामो समयदेखि हर्निया रोगबाट पीडित थिए । उनको घरको आर्थिक अवस्था निक्कै जटिल भएकाले सदाको उपचार हुन सकेको थिएन् । सिराहाको मात्रुभूभि युथ सोसाइटी र दारी ग्याँग सिराहाले सदाको उद्धार गरी सिराहा अस्पतालमा उनको उपचार गराएका हुन् ।

    मात्रुभूमि युथ सोसाइटीका उपाध्यक्ष अभिनाश पुर्वेकाअनुसार उनको उपचारमा सिराहा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्रप्रसाद यादबले २० हजार रुपैयाँ बराबरको शल्य क्रिया निः शुल्क गरेका थिए । डा. यादबको अथक प्रयासपछि उक्त शल्यक्रिया सफल भएको थियो । उपचारको क्रममा लाग्ने औषधी खर्च र कुरुवालाई लाग्ने बस्नेलगायतको सम्पूर्ण खर्च निःशुल्क गर्ने व्यवस्था गरिएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend