logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • अब चलचित्रमा डोल्पाकोे बहुपति प्रथा : सार्वजनिक भयो टुल्कीको टिजर 

    अब चलचित्रमा डोल्पाकोे बहुपति प्रथा : सार्वजनिक भयो टुल्कीको टिजर 

    6.4K
    Shares

    काठमाडौं ।  नेपाली कथानक चलचित्र टुल्कीको टिजर सार्वजनिक भएको छ । बुधबार काठमाडौंको नयाँबानेश्वरमा ‘द पाल्म ग्रुप पालि’ले चलचित्रको टिजर सार्वजनिक गरेको हो । द पाल्म ग्रुप प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रमा मध्यपश्चिमको विकट जिल्ला डोल्पाका प्राकृतिक र पर्यटकीय क्षेत्रका दृश्यलाई प्राथमिकता दिइएको छ । 

    ९० लाख रुपैयाँ लगानीमा चार वर्षको अध्ययनपछि टिजर सार्वजनिक भएको निर्माता शेखर लामाले जानकारी दिए । चलचित्रमा नेपालका हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथालाई मुख्य विषयवस्तु बनाइएको छ ।

    tulki.jpg

    डोल्पाको तल्लो भागमा रहेको ब्राह्मणा बस्तीमा जन्मेकी टुल्की माया प्रेममा परेर माथिल्लो डोल्पाको शेर्पासँग प्रेम विवाहमा परेपछि चलचित्रको कथा सुरु हुन्छ । विशेषगरी चलचित्र टुल्कीले भोग्नुपरेको समस्यामा आधारित रहेको छ । सँगैसँगै डोल्पाका पर्यटकीय र प्राकृतिक दृश्यलाई जस्ताको तस्तै उतार्नेकाम छायाकारले गरेका छन् । 

    लामो अध्ययन र अनुसन्धानपछि बनेको चलचित्रमा शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सेफिया लिम्बू, दीर्घ लामा, भक्तसिंह कठायतलगायतको अभिनय रहेको छ ।

    सन्जीव लिम्बूले संगीत भरेको चलचित्रको सम्पादन तारा किम्भे थापाले गरेका हुन् । आरपी कर्माचार्य र शेखर लामाको संयुक्त लगानीमा निर्माण भएको छलचित्रको छायांकन र निर्देशनमा देवजंग थापाले मिहेनत गरेका छन् ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend