logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बिहारको एक गाउँ, जहाँ नेपाली बस्छन्, तर छैन सडक र स्वास्थ्य सुविधा 

    बिहारको एक गाउँ, जहाँ नेपाली बस्छन्, तर छैन सडक र स्वास्थ्य सुविधा 

    5.1K
    Shares

    काठमाडौं । भारतको बिहार राज्यमा सुपौल जिल्लामा एउटा यस्तो गाउँ छ । जहाँ सबैभन्दा बढी नेपाली मूलको बासिन्दाको बसोबास छ । गाउँ निक्कै सानो छ । तर यहाँको समस्या निक्कै ठूलो छ । यो समस्याको बारेमा कसैलाई चासो भने छैन् । 

    यो गाउँमा बसोबास गर्ने कसैको घरमा बिहे व्रतबन्ध जस्ता शुभ कार्य गर्नुपर्दा वर्षको अन्तिम नोभेम्बर र डिसेम्बर महिनासम्म कुर्नुपर्छ । वर्षको अन्य महिनामा यस्ता शुभ कार्य यहाँका बासिन्दाले गर्न पाउँदैनन् । 

    भारतको एबीपी लाइभका अनुसार त्रिवेणीगञ्जको लतौना दक्षिण पञ्चायतस्थित नेपाली गाउँमा आजसम्म मूलभूत सुविधासम्म पुगेको छैन् । यो यस्तो गाउँ हो, जहाँ नेपालीको बसोबासका कारण सानो नेपाल उपस्थित भएको छनक दिन्छ । तर, यो गाउँका बासिन्दाले आफ्नै गाउँमा हालसम्म सडकको मुखसम्म हेर्न पाएका छैनन् । 

    खेत र खेतको आलीबाट ओहोर दोहोर गर्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ । यो गाउँमा जान पनि यस्तै बाटोको प्रयोग गर्नुपर्ने बाध्यता छ । यो गाउँलाई वर्षको ३ महिनासम्म चारैतर्फबाट पानीले डुबाउने गर्छ । वर्षको बाँकी महिनामा भने गाउँको चारैतर्फ खेतमा लगाइएको खेतीपातीका कारण ओहोर दोहोर गर्न बन्देजजस्तै हुन्छ । खेतीपातीका कारण सर्वसाधारणदेखि सवारी साधनसम्मलाई ओहोर दोहोर गर्न ठूलो चुनौती छ । 

    यस्ता कठिनाइले यहाँका बासिन्दा नोभेम्बर र डिसम्बर महिनामा मात्रै बिहे व्रतबन्धजस्ता शुभ कार्यको आयोजना गर्छन् । अधिकांश यहाँका बासिन्दाले यही महिनामा सकेसम्म वर्षभरको लागि चाहिने मूलभूत खाद्यान्न, दाल, तेल, नुन र आपातकालीन औषधि खरिद गरि घरमा राख्छन् । 

    अन्य समयमा पानीको डुवान र बाँकी समय खेतीपातिका कारण सर्वसाधारणदेखि सवारी साधनलाई ओहोर दोहोर गर्न नमिल्ने भएकाले नोभेम्बर र डिसम्बर महिनामै शुभ कार्य आयोजना हुने स्थानीयको भनाइ छ । 

    ebf65862a751999895ba0f53d7a3c288_original.webp

    सडक नहुँदा सम्बन्ध बिग्रदै 

    त्रिवेणीगञ्ज सदरमुकामदेखि यो गाउँ ३ किलोमिटरको दूरीमा छ । तर यो गाउँलाई सरकार र स्थानीय प्रशासनले चासो दिएका छैनन् । यो गाउँमा प्राथमिक चरणको स्वास्थ्य सुविधासम्म छैन् । कोही बिरामी पर्छन् भने खटमा राखेर सहरको अस्पतालसम्म लैजानुपर्छ । कारण हो, यहाँ सडक नै छैन् । यहाँ बस्ने नेपाली मूलका मानिस खेतको आलीको सहारामा ओहोर दोहोर गर्न बाध्य छन् । सडक नहुँदा यहाँ बिहेवारी गराउनु र आफन्तसँग मिठो सम्बन्ध टिकाइराख्न पनि समस्या भएको उनीहरुको भनाइ छ ।

    सडकको लागि १०० वर्षदेखि संघर्ष

    गाउँको तारैतर्फ अन्य सर्वसाधारणको जमिन पर्छ । उक्त जमिनमा सडक निर्माण गराउनका लागि यहाँका नेपाली पछिल्लो १ सय वर्षदेखि संघर्ष गर्दै आइरहेका छन् । संघर्षको अवधि लामो भए पनि आजसम्म न स्थानीय सरकारले चासो देखाएको छ । न त निर्वाचनको समयमा भोट माग्न आउने जनप्रतिनिधिले वास्ता गरेका छन् । गाउँका बासिन्दाले सडकको लागि आवश्यक पर्ने विभिन्न कागजात बोकेर विभिन्न कार्यालय पनि धाए । तर पनि सडक निर्माणको सबालमा कतैबाट सहयोग पाइएको छैन् । 

    यो गाउँको स्थानीय ६० वर्षीया बृद्धा नमिता रायकाअनुसार सडक नहुँदा पढाई लिखाई गर्न पनि समस्या भएको छ । अधिकांश समय अरुको खेतमा भएको पानीबाटै ओहोर दोहोर गर्नुपर्छ । गाउँमा १५ भन्दा बढी नेपाली परिवारको बसोबास छ ।

    रायले हालसम्म यो गाउँमा सडक देख्न पाइनन् । उनको एउटै गुनासो छ, सडक देख्न नपाउँदै आफूलाई कालले टिपेर लैजानेछ । मर्नुअघि कम्तिमा सडक बनेको हेर्न चाहने उनको धोको छ ।-एजेन्सीको सहयोगमा

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend