logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मोटरहेड मोटरसाइकल सार्वजनिक

    मोटरहेड मोटरसाइकल सार्वजनिक

    4.7K
    Shares

    काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ ।

    मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो । शुक्रबार सार्वजनिक भएको मोटरसाइकल टेक्कन आर २५० मोडललाई नेपाली बजारका लागि ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल २२३ सीसी क्षमताको छ ।  यो बाइकले  अधिकतम १२.५ किलोवाट पावर र टर्क १७ एनएम दिने बताइएको छ । एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनिले विगत ५ बर्षदेखि मोटरहेड ब्रान्डको डार्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ । 

    फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरु माझ लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ । मोटरहेड मोटरसाइकल देशका बिभिन्न १४ स्थानमा रहेको डिलर आउटलेटबाट खरिद गर्न सकिने छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend