logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • करिश्मालाई ओलीकाे फाेन, ‘आउटगाेइङ कल’काे स्क्रिनसट राख्दा आलाेचना 

    करिश्मालाई ओलीकाे फाेन, ‘आउटगाेइङ कल’काे स्क्रिनसट राख्दा आलाेचना 

    4.9K
    Shares

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेत्री करिश्मा मानन्धरकाे परीक्षाको बारेमा चासो व्यक्त गरेका छन् । अभिनेत्री करिश्माले सामाजिक सञ्जालमार्फत यस्तो खुलासा गरेकी हुन् ।

    अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को दिइराखेकी छिन् । पूर्वप्रधानमन्त्री ओलीले फोन गरेर परीक्षाको विषयमा जानकारी लिएको उनले जानकारी दिएकी हुन् । 

    करिश्माका अनुसार ‘फोन आउँदा मेरो मोबाइल स्क्रिनमा केपी शर्मा ओली भन्ने आयो म छक्क परेँ’, उनले फेसबुकमा लेखेकी छिन्, ‘मजाक हो कि भन्ने पनि लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई फोन गरे जस्तो सुनिन्थ्यो !’

    करिश्माले ओलीले अभिभावकले छोराछोरीलाई जस्तै गरी फोन गरेको र आफ्नो परीक्षाबारे जानकारी लिएको बताउँदै धन्यवादसमेत दिएकी छिन् । 

    करिश्माले प्रधानमन्त्री ओलीले फोन गरेकाे स्टाटस लेखे पनि त्यहाँ राखिएकाे स्क्रिनसटमा ‘आउटगाेइङ कल’ देखिएपछि सामाजिक सञ्जालमा उनकाे चर्काे आलाेचना भइरहेकाे छ । अहिले करिश्माले उक्त स्क्रिनसट भने हटाइसकेकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend