logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा ७३४ जना संक्रमित थपिए, १२ जनाको मृत्यु 

    पछिल्लो २४ घण्टामा ७३४ जना संक्रमित थपिए, १२ जनाको मृत्यु 

    3.1K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ३०४ पीसीआर परीक्षणमा ६५६ र दुई हजार ७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो। १२ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४१३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र एक हजार ४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३९० जना आईसीयू र ११७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ । ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका ६५ जना कोरोना संक्रमित थपिएका छन् ।

    COORRRRR.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend