logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सोमबारदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइँदै, कुन जिल्लामा कुन उमेर समूहले लगाउने ?

    सोमबारदेखि ११ दिनसम्म भेरोसेल खोप लगाइँदै, कुन जिल्लामा कुन उमेर समूहले लगाउने ?

    4.4K
    Shares

    काठमाडौं । सरकारले सोमबारदेखि कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ।

    सबै जिल्लाका विभिन्न उमेर समूहका व्यक्तिहरु र यस अघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई खोप लगाइने भएको हो । हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप वितरण गर्न लागिएको हो । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि असोज १४ गतेसम्म पहिलो मात्रामा खोप लगाउन लगाइने छ भने दोस्रो मात्रा कात्र्तिक ४ गतेदेखि कात्र्तिक १४ गतेसम्म लगाइने छ । 

    khop verocell.jpg

    मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवामा १८ वर्षमाथि उमेर समूहकाले भेरोसेल खोप लगाउन पाउनेछन्। त्यस्तै यसअगाडि कोरोनाविरूद्ध खोप लगाउन छुटेका व्यक्तिहरुले पनि खोप लगाउने पाउने छन् ।

    काभ्रे र चितवनमा ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइने छ । 

    मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा भने ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र यस अघि छुटेका १८ वर्षमाथिका विद्यार्थीले खोप लगाउन पाउनेछन् । 

    अन्य ५८ जिल्लाहरुमध्ये मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका ५५ जिल्लाहरुमा भने ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । मनाङ, मुस्ताङलगायत जिल्लामा भने सरकारले कोरोनाविरूद्ध खोप लगाइसकेको छ।

    पहिलो मात्रामा भेरोसेल खोप लगाइसकेका काठमाडौंका मानिसलाई आजदेखि तीन दिनसम्म दोस्रो मात्रामा खोप लगाइनेछ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend