logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पदकमा ओलीको कटाक्षप्रति ‘प्रचण्ड’ पुत्री गंगाको आक्रोश

    पदकमा ओलीको कटाक्षप्रति ‘प्रचण्ड’ पुत्री गंगाको आक्रोश

    5.9K
    Shares

    काठमाडौं । सरकारले संविधान दिवसका अवसरमा वितरण गरेको विभिन्न मानपदवी र पदकका विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले गरेको कटाक्षप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालले आक्रोश  ब्यक्त गरेकी छन् । 

    आइतबार ओलीले एक कार्यक्रममा सत्ताको आडमा सरकारले आमा बाबु श्रीमतीलाई पदक दिएको भन्दै ब्यङ्ग्य गरेका थिए । ओलीले सरकारले बाँडेको अलंकार र पदकले नेपालीको नाकमा कालो पोतेको टिप्पणी समेत गरेका थिए । 

    ओलीको उक्त भनाईप्रति गंगाले आक्रोश  पोखेकी हुन् । सरकारले प्रचण्डकी श्रीमती सिता दाहाललाई राजनीतिक अभियान्तका रुपमा सुप्रसिद्ध प्रबल जनसेवाश्री विभूषण दिने निर्णय गरेको थियो । 

    गंगाले भनेकी छन्, ‘हाम्रो परिवारमा आमा सीता दाहाल लामो समय देखि एकप्रकारको रोगसँग लडिरहनुभएको छ ।  प्रायजसो आमाको स्वास्थ्य अवस्था कमजोर भईरहने हुँदा अस्पताल लगिरहनु पर्छ । विगत २ दिनदेखि स्वास्थ्यमा आएको समस्याका कारण आमाको स्वास्थ्य चेकजाँचका लागि हामी अस्पतालमै थियौं, एक्कासी अनलाईन मिडियामा आमाले पदक पाएको समाचारमा आँखा गयो । 

    एकैछिन पछि एमाले अध्यक्ष केपि ओलीको ‘श्रीमतीलाई पदक बाँडियो’ भन्ने खालको तल्लो स्तरको कटाक्ष, जुन उहाँको शैली नै हो, सामाजिक संजालमा देख्न पाईयो । शारिरीक रुपमा अशक्त अनि कमजोर आमाप्रति केपी ओलीले गरेको एक किसिमको दुब्र्यावहार देख्दा सायद छोरी भएर होला साह्रै पिडा महशुस भयो । 

    कमरेड ओलीलाई एउटा प्रश्न हाम्री आमा हिंजोका दर्दनाक दिनहरुमा कैंयौ दिनरात हिमाल, पहाडअनि तराईका खोल्सामा भोको पेटमाथि पटुका कसेर समाज परिवर्तनका निम्ति हिड्दै र लड्दै गर्दा तपाई त काठमाडांैमा बयलगाडाका कथा उट्पट्याङ शैलीमा सुनाएर दुनिया हसाँउदै हुनुहुन्थ्यो नि होईन र कमरेड ?’

    खोई किन हो केपी ओलीहरुले बोल्न नसक्ने हाम्री आमाको भद्दा मज्जाक उडाउदै गर्दा आमाको संघर्ष र निधारको पसिना आज फेरि एकपटक सम्झिएकी छु । 

    कमरेड प्रचण्डलाई आज विश्वले चिन्दछ, प्रचण्डलाईप्रचण्ड बनाउन सीता दाहालको त्यति नै भुमिका छ । तर ओलीहरुले यी कुरा बुझ्दैनन् । किनकि महिला केवल श्रीमती र दास मात्र हुन् तिनको आफ्नो कुनै पहिचान हुँदैन ।’

    केपि ओलीले आज जे बोले त्यो ऊनको संस्कार हो, थाह छैन उनले समाजलाई के सिकाउन खोजेका छन् । ऊनी आज दिनरात मुखमा आएजति सामान्य मानिसले सुन्न नसकिने गरि बोल्छन किन कि उनी बिक्षिप्त छन् । केपी कमरेड क्रियाको प्रतिक्रिया मात्र दिएकी हुँ र एउटा सुझाव आत्मसन्तुष्टिको लागि अरुको भावनामाथि कहिल्यै नखेल्नुहोला । 

    अन्तमा : परिवर्तनका निम्ति आफ्नो ज्यान कात्रोमा बाँधेर हिड्नुभएकी हाम्री आमालाई कुनै एक पदक सँग नतौलिईयोस् ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend