logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • एमालेमा अब जेठ दुईको गीत गाइरहनुको अर्थ छैन : सूर्य थापा 

    एमालेमा अब जेठ दुईको गीत गाइरहनुको अर्थ छैन : सूर्य थापा 

    5.4K
    Shares

    संसदको सबैभन्दा ठूलो दल नेकपा (एमाल) प्रतिपक्ष दलको भूमिकामा छ । आगामी दिनमा एमालेको भूमिका कस्तो हुन्छ ? भर्खरै फुटले सत्ताबाट प्रतिपक्षी दल बनेको एमालेभित्रका असन्तुष्टिको सम्बोधन कसरी हुन्छ ? माधवकुमार नेपालसँग अझै एकताको सम्भावना छ कि छैन ? पार्टीको विधान महाधिवेशनको तयारी कसरी भइराखेको छ ? सुनौलो संवाददाता सीता न्यौपानेले एमाले नेता सूर्य थापासँग गरेको कुराकानीको सम्पादित अंश : 

    नेकपा एमालेको विधान महाधिवेशनको तयारी कस्तो छ ? 
    यो पहिलो विधान महाधिवेशन हो । कम्युनिष्ट आन्दोलनमा ७२ वर्षको इतिहासमा विधान महाधिवेशन कसैले गरेको छैन । महाधिवेशन नीतिमा भन्दा नेतृत्वको चुनावमा केन्द्रित रह्यो । त्यसैले महाधिवेशनलाई दुई भागमा बाँडिएको हो । कार्तिक १५ देखि १७ गतेसम्म ललितपुरमा हुने विधान अधिवेशन महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ ।

    सत्तागठबन्धनको सरकारलाई कसरी हेर्नु भएको छ ? 
    अहिले सरकार छ ? हिजो केपी ओलीको सरकार ढाल्न न्वारनदेखिको बल लगाएर लागेका मिडियाहरु नै सरकार नभएको समाचार सम्प्रेषण गरिरहेका छन् । हामीले ल्याइदिएको खोप लगाउन सकेको छैन । आफैले सम्झौता गरेको एमसीसी अनुमोदन गर्न सकेको छैन । साढे पाँच सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन । आफ्नै पार्टीका नेताहरुले विरोध गर्न थालिसके । प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलगायतकाको कठपुतली सरकार छ । शेरबहादुर देउवा कतिपटक प्रधानमन्त्री हुने भन्ने संख्याको लोभमा छन् । अहिले पशुपतिनाथको कृपाले सरकारले चलेको छ । 

    माधवकुमार नेपालको समूहलाई संसद्‍मा किन बहिष्कार नै गर्नु भएको हो ?
    व्यक्तिलाई होइन, उहाँहरुको कर्मलाई नरुचाइएको हो । अनुशासनहिन, अराजक क्रियाकलापलाई बहिष्कार गरिएको हो । विक्री हुनु भो, ह्वीप मान्नुभएन, फटाईगर्नुभयो । देउवाको कार्यकर्ता बन्नुभएको छ । हामीले मात्र होइन नेकपा एमाललेलाई माया गर्ने कसैले पनि रुचाएका छैनन् । भोलि निर्वाचनमा हेर्नुहोला नतिजा । माधव नेपाल र टोपबहादुर रायमाझीलाई दोहोरो मापदण्ड हुँदैन । सभामुखले गुरिल्लाको भूमिका निभाएर हुँदैन । माधव नेपालको बन्धक पार्टी बन्दैन एमाले । 

    माधव नेपालले एकता गर्नेमा जोड दिनुभयो भने के हुन्छ ?
    माधव नेपाल हाम्रो बहसको विषय होइनन्, उनी स्वतन्त्र हुन् । एमालेलेलाई जति बिगार्नुपर्ने हो उहाँले बिगारिसक्नु भएको छ । अब आउने हो वा एकता गर्ने हो भने पनि उनको निवेदनमा एमालेले छलफल गर्नुपर्छ । उनको अपराध कर्मको समीक्षा गरेर दण्डित गरेर, आत्मलोचना गरेर मात्र आउन सकिन्छ । उनी दण्ड भोगेर आउन चाहे पनि अब एमालेमा उनको प्रवेश सहज छैन । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend