काठमाडाैं । सोमबार देशभर १ हजार ९५ जना काेराेना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो ।
यही अवधिमा थप २ हजार ९५७ जना संक्रमित निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ५२ हजार १७० जना निको भएको मन्त्रालयकाे तथ्यांक छ ।
यस्तै, पछिल्लाे २४ घण्टामा देशभर थप ८ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ४८ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेका छन् ।