logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • चम्किलो अनुहारको लागि ‘स्किन फास्टिङ’ : के हो ‘स्किन फास्टिङ’ ?

    चम्किलो अनुहारको लागि ‘स्किन फास्टिङ’ : के हो ‘स्किन फास्टिङ’ ?

    8.2K
    Shares

    काठमाडौं । हर कोहीको चाहना हुन्छ, अनुहारको त्वचामा चमकता । अनुहार राम्रो बनाउने चक्करमा कतिपय अवस्थामा हामीले चाहिने भन्दा धेरै मेकअपका प्रोडक्टहरु प्रयोग गरिरहेका हुन्छौँ, जसले गर्दा विभिन्न प्रकारका समस्याहरु देखिने गर्दछ । 
    यस्तो विषाक्त पदार्थबाट छुटकरा लिनका लागि वा ‘नेचुरल ग्लो’ ल्याउनका लागि ‘स्किन फास्टिङ’ को आवश्यकता पर्दछ । जसरी शरीरलाई तनाव तथा अन्य समस्याबाट छुटकरा दिलाउन आरामको आवश्यक हुन्छ, त्यसै गरी स्किनलाई पनि केही समय आरामको आवश्यकता हुन्छ । 

    के हो स्किन फास्टिङ ?
    पछिल्लो समय ब्यूटी इन्डस्ट्रिमा स्किन फास्टिङको ट्रेन्ड निकै चर्चित रहेको छ । सामान्य रुपमा हामी स्किनका लागि केही दिन आराम भनेर बुझ्न सक्छौँ । सामान्यत: हाम्रो स्किनलाई स्वभाविक रुपमा छोड्न सक्छौँ । जस्तै दिनहुँ हामीले प्रयोग गर्ने फेस वास, क्लीन्जर, टोनर, सनस्क्रिन, मोस्चराइजर प्रयोग गरिरहेका हुन्छौँ । यी सबै कुराबाट केही दिन छुटकरा दिनुलाई स्किन फास्टिङ भनेर बुझ्न सकिन्छ । 

    सौन्दर्य विज्ञहरुका अनुसार नियमित व्यूटी प्रोडक्टको प्रयोगले हाम्रो छालाले आफ्नो सुरक्षा गर्ने क्षमतामा ह्रास निम्त्याउन सक्छ । त्यसैले स्किन फास्टिङ गर्दा नेचुरल ग्लो ल्याउन सकिन्छ । 

    यसरी गर्ने स्किन फास्टिङ
    स्किन फास्टिङको सुरुवात रातमा गर्नु उचित हुन्छ । 
    सुत्नु भन्दा अघि अनुहारलाई राम्रोसँग सफा पानीले धुने,
    कुनै पनि स्किन केयर प्रोडक्टको प्रयोग नगरी सुत्ने,
    बिहान उठेर हल्का मनतातो पानीले मुख धुने । 
    यसो गर्दा स्किन नरम भइरहेका छ भने यसलाई लामो समय पनि स्किन फास्टिङ गर्न सकिन्छ । 
    तर, 
    यदि यसो गर्दा कुनै प्रकारका समस्या थपिएको छ भने स्किन फास्टिङलाई रोक्नुपर्दछ । 
    स्किनमा कुनै प्रकारका उपचार भइरहेको छ भने पनि स्किन फास्टिङ गर्नु हुँदैन । 
    यदि स्किन सुख्खा भइरहेको छ भने घरेलु उपाय जस्तै, गुलाब जल, होममेड फेसप्याल आदिको प्रयोग गर्ने । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend