logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • सिटी र लिभरपुलको सानदार जित

    सिटी र लिभरपुलको सानदार जित

    2.4K
    Shares

    एजेन्सी । साविक विजेता म्यानचेस्टर सिटी र लिभरपुलले काराबाओ कप (इएफएल) फुटबलको तेस्रो राउन्डमा सानदार जित निकालेका छन् । 

    मंगलबार राति भएको खेलमा सिटीले तेस्रो डिभिजन क्लब वेकम्ब वान्डरर्सलाई ६–१ गोल ले हरायो । अर्को खेलमा लिभरपुलले नर्बिच सिटीलाई ३–० गोलले स्तब्ध बनायो । 

    वेकम्बमाथि गोल बर्षा गरेको सिटीको जितमा रियाद महरेजले दुई गोल गरे । केभिन डी ब्रुयन, फिल फोडिन, टोरेस र पाल्मरले एक एक गोल गरेका थिए । वेकम्बका लागि हालानले गरेको सुरुवाती गोल सान्त्वना बन्यो । 
    यसैगरी लिभरपुललाई जिताउन ताकुमी मिनामिनोको दुई तथा डिभोग ओरिगीले एक गोल गरे ।  जितसँगै सिटी र लिभरपुल इएफएल कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

    अन्य खेलमा ब्रेन्टफोर्डले ओल्डहमलाई ७–०, बर्नलीले रोचडालेलाई ४–१, स्टोक सिटीले वार्टफोर्डलाई ३–१, सन्डरल्यान्डले बेगानलाई २–० र प्रेस्टनले चेल्टेनहामलाई ४–१ गोलले हराएको छ । क्युपीआरले एभर्टनलाई टाईब्रेकरमा ८–७, साउथह्याम्पटनले सेफिल्डलाई टाईब्रेकरमा ४–२ र लिड्स युनाइटेडले फुलहामलाई ६–५ गोलले पराजित गरेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend