logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • भक्तमान अपहरण प्रकरण : फरार अभियुक्त पक्राउ

    भक्तमान अपहरण प्रकरण : फरार अभियुक्त पक्राउ

    6.4K
    Shares

    काठमाडौं । बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका राजेन्द्र पण्डित छन्। 

    डा. श्रेष्ठको अपहरणमा संलग्न पण्डितविरुद्ध पुनरावेदन अदालतले नौ वर्षको कैद सजाय सुनाएको थियो। पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेका पण्डित लामो समय भारतमा लुकिछिपी बस्दै आएका थिए।

    नेपाल फर्किएको थाहा पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको हो। फैसला कार्यान्वयनका लागि पण्डितलाई बुधबार नै अदालतमा पेस गरिने सीआईबीका प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend