logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • दक्षिण भारतीय अभिनेता थलापति विजयले हाले आमाबुवाविरुद्ध मुद्दा 

    दक्षिण भारतीय अभिनेता थलापति विजयले हाले आमाबुवाविरुद्ध मुद्दा 

    3.2K
    Shares

    काठमाडाैं । दक्षिण भारतीय अभिनेता थलापति विजयले आमाबुबासहित ११ जनाविरुद्ध अदालतमा मुद्दा हालेका छन् । उनले आफ्ना आमाबुबाले राजनीतिक पार्टीमा आफ्नो नाम जोडेको आराेपसहित मद्रास हाइकाेर्टमा मुद्दा दर्ता गराएका हुन् । 

    राजनीतिक पार्टीमा आफ्नो नाम जोडेर कार्यक्रम तथा सभा आयोजना नगर्न समेत उनले अनुरोधसमेत गरेका छन् ।

    उनका बुबा एसके चन्द्रशेखरले सन् २०२० मा विजयको नामबाट ‘अल इन्डिया थलापति विजय मक्कल इयक्कम’ पार्टीको नाम राख्ने घोषणा गरेका थिए । विजय पनि छिट्टै राजनीतिमा आउने उनको दाबी रहेकाे थियाे । तर विजयले भने यो कुरा गलत भएको बताएका छन् ।

    उनले बुबाले घोषणा गरेको राजनीतिक पार्टीमा आफ्नो संलग्नता नरहेको बताएका छन् । उनले बयानमा लेखेका छन् ‘यदि कोहि मेरो नाम, फोटो या मेरो फ्यान क्लबको दुरुप्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न प्रयास गर्छ भने म उसको विरुद्धमा जान्छु ।’ 

    यतिबेला उनकाे याे बयान सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend