logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • थप १ हजार ४७८ जनामा काेराेना संक्रमण, ६ जनाकाे मृत्यु 

    थप १ हजार ४७८ जनामा काेराेना संक्रमण, ६ जनाकाे मृत्यु 

    2.4K
    Shares

    काठमाडाैं । पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ११ हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने यही अवधिमा १ हजार ६३० जना संक्रमण मुक्त भएकाे पनि मन्त्रालयले जनाएकाे छ । 

    नेपालमा सक्रिय काेराेना संक्रमितको संख्या २१ हजार १३९ जना रहेको छ । संक्रमितमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा, १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा, ३३४ जना आईसीयूमा र ११९ जना भेन्टिलेटरमा रहेका छन् ।

    covid 1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend