logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • ट्रान्सफर्मर नै चोरी !

    ट्रान्सफर्मर नै चोरी !

    5.8K
    Shares

    कठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका– ११ स्थित सामसुङ टीभी कारखानाको कम्पाउन्डमा राखिएको ट्रान्सफर्मर चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    असोज २ गते राति साढे आठ बजे प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट गस्तीमा हिँडेको टोलीले ट्रान्सफर्मर चोरी गर्ने क्रममा धादिङ गल्छी गाउँपालिकाका नारायण थापालाई पक्राउ गरेको हाे ।

    थापासहित चार जनाले ट्रान्सफर्मर चोरी गर्न खोजे पनि अन्य तीन जना भने प्रहरी र स्थानीयले लखेटेपछि भागेका थिए । प्रहरीले ट्रान्सफर्मर चोरी गर्न प्रयोग हुने समान समेत बरामद गरेको छ । फलाम काट्ने कटर, पेन्चिस, स्क्रु ड्राईभर, विभिन्न साइजको रेन्ची, ट्रान्सफर्मर टुक्रा पारेर लैजान प्रयोग हुने बोरालगायतका समग्री बरामद गरेको छ ।

    महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले थापाको बयान अनुसार फरारकाे खोजी कार्य भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend