logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मालोर्काविरुद्ध रियलको गोल बर्षा

    मालोर्काविरुद्ध रियलको गोल बर्षा

    3.5K
    Shares

    एजेन्सी । मालोर्काविरुद्ध गोलबर्षा गर्दै स्पेनिस महारथि रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।  घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले मालोर्कालाई ६–१ गोलले हरायो । 

    रियलको जितमा विंगर मार्काे असेन्सियोले ह्याट्रिक पूरा गरे । कप्तान करिम बेन्जेमाले दुई गोल गरे । दुई गोलसँगै बेन्जेमा जारी लिगमा ब्यक्तिगत आठ गोल पु¥याएका छन् । एक गोल इस्कोले थपेका थिए । मलोर्काका काङ इन लिले सान्त्वना गोल फर्काएका थिए । 

    रियलले खेलको तेस्रो मिनेटमै बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । २४औं मिनेटमा मार्काे असेन्सियाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । २५औं मिनेटमा काङ इन लिले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । 

    त्यसपछि २९औं मिनेटमा असेन्सियाले गोल गर्दै पहिलो हाफमा रियललाई थप बलियो बनाए । दोस्रो हाफमा थप शसक्त देखिएको रियलले ५५औं मिनेटमा अर्को गोल थप्यो । असेन्सियोले करिम बेन्जेमाको पासमा ह्याट्रिक पूरा गरे । 

    ७८औं मिनेटमा बेन्जेमाले ब्यक्तिगत दोस्रो गोल गर्दे रियलको अग्रता फराकिलो बनाए । ८४औं मिनेटमा इस्कोले भिनियिस जुनियरको पासमा गोल रियललाई फराकिलो जित दिलाएका थिए । ६९ प्रतिशत बल पोसेसन राखेको रियलले खेलभर लगातार गोलको अवसर बनाएको थियो । 

    जितसँगै लिगमा अपराजित यात्रा जारी राखेको रियल ६ खेलबाट १६ अंक बनाएको छ । रियलले पुनः शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको १४ अंक छ । रियलसँग पराजित मालोर्का आठ अंक सहित १०औं स्थानमा छ । तेस्रो स्थानमा रहेको सेभयाको ११ अंक छ । 

    बुधबार रातिनै भएको खेलमा सेभियाले भ्यालेन्सियालाई ३–१ गोलले हरायो । सेभियाको जितमा पपु गोमेजले तेस्रो र राफा मिरले २२औं मिनेटमा गोल गरेका थिए । सेभियाले अर्को गो भ्यालेन्सियाबाट आत्मघाती उपहार पाएको थियो । भ्यालेन्सियाका लागि हुगो डुरोले ३१औं मिनेटमा सान्त्वना गोल गरेका थिए । हारपछि १० अंक बनाएको भ्यालेन्सिया चौथो स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend