logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • विश्व वरीयतामा सन्दीपको छलाङ

    विश्व वरीयतामा सन्दीपको छलाङ

    4K
    Shares

    काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदीवसीय (ओडिआई) वरीयतामा छलाङ मारेका छन् । 

    आइसिसीले जारी गरेको नयाँ ओडिआई वरियतामा सन्दीप एकै पटक १२ स्थान माथि उक्लिएका हुन् । नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ७९औं स्थानमा छन् । 

    सन्दीपले छलाङ मार्नेक्रममा भारतका हार्दिक पाण्डेय, अष्ट्रेलिया मिचेल मार्श, मार्कस स्टोइनिस र न्युजिल्यान्डका काइल जेमिसन जस्ता स्टार खेलाडीलाई पछि पारेका छन् ।

    सन्दीपले ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेपछि वरियतामा उल्लेख्य छलाङ मारेका हुन् । ओमानमा हालै भएको आइसिसी विश्वकप लिग–२ मा नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज र पपुवा न्युगिनी (पीएनजी) सँग दुई ओडिआई खेलमा सन्दीपले सानदार प्रदर्शन गरे । उनले पाँच इनिङमा १८ विकेट लिएका थिए । 

    यसैगरी ओडिआई वरीयतामा ब्याटिङ र अलराउन्डरतर्फ नेपालबाट कुनैपनि खेलाडीले स्थान बनाउन सकेका छैनन् । टीट्वेन्टी वरियतामा भने बलिङतर्फ सन्दीप ८२औं स्थानमा छन् । ब्याटिङतर्फ युवा ओपनर कुशल भुर्तेल ५९औं र कप्तान ज्ञानेन्द्र मल्ल ९२औं स्थानमा छन् । नेपाल समग्र ओडिआई वरियतामा १६औं र टीट्वेन्टी वरियतामा १३औं स्थानमा यथावत रहेको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend