logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • पीएसजीको अपराजित यात्रा जारी 

    पीएसजीको अपराजित यात्रा जारी 

    4.9K
    Shares

    एजेन्सी । अचरफ हाकिमीले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा अपराजित यात्रा जारी राखेको छ । बुधबार राति भएको खेलमा पीएसजीले  मेट्जलाई उसैको मैदानमा २–१ गोलले हरायो । 

    पीएसजीको जितमा दुवै गोल हाकिमीले गरे । मेट्जका किकि कौएटले एक गोल फर्काए । हाकिमीले पाँचौ र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । किकले ३९औं मिनेटमा बराबरी गोल फर्काएका थिए । 

    खेलको अन्तिममा घरेलु टोली मेट्ज नौ खेलाडीमा समेटिएको थियो । इन्जुरी समयमा डेलान ब्रुन दोहोरो पहेँलो (रातो) र फ्रेडेरिक एन्टोनेटी सोझै रातो कार्ड पाउँदै बाहिरिएका थिए । जसको फाइदा उठाउँदै पीएसजीले अन्तिममा दोस्रो गोल गरेको थियो । 

    सात खेलमा शतप्रतिशत जित निकालेको पीएसजीले २१ अंक बनाएको छ । पीएसजी शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको मार्सेलीको १४ अंक छ । पीएसजीसँग पराजित मेट्ज तीन अंक सहित अन्तिममा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend