logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • एमाले र माओवादी उस्तै–उस्तै होइन, अधारभूत रुपमै फरक छ: पूर्वराजदूत लीलामणि पौडेल 

    एमाले र माओवादी उस्तै–उस्तै होइन, अधारभूत रुपमै फरक छ: पूर्वराजदूत लीलामणि पौडेल 

    4K
    Shares

    काठमाडौँ । नेपाल सरकारका पूर्वमुख्यसचिव एवम् पूर्वराजदूत लीलामणि पौडेलले माओवादी र एमाले उस्तै नभएको बताएका छन् । 

    गृहजिल्ला गुल्मीमा माओवादी केन्द्रले गरेको कार्यक्रममा बोल्दै एमाले र माओवादी आधारभूत रुपमा फरक रहेको बताएका हुन् । वर्तमान राजनीतिक परिवर्तनमा माओवादीको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।

    ‘हिजो समाजमा समामाजिक हिसाबले पछाडि परेको जाति र समुदाय थियो । त्यसलाई राज्यको मुलधारमा लाने काम माओवादीले गर्‍यो’, पौडेलले भने, ‘माओवादी वामपन्थी र रुपान्तरण शक्ति हो । तपाईंलाई एमाले र माओवादी उस्तैउस्तै लाग्नसक्छ । तर, होइन । आधारभूत रुपमा फरक छ । आधारभूत रुपमै एजेन्डा बोक्ने रुपमा फरक छ । राज्य प्रणालीको रुपमा फरक छ ।’ 

    पौडेलले वर्तमान व्यवस्था ल्याउने शक्ति माओवादी भएको दाबी गर्दै वर्ग र जातको अधिकार स्थापित गर्न पार्टीको योगदान महत्वपूर्ण रहेको बताए । 

    ‘यो व्यवस्था कसले ल्याएको हो ? यसको वकालत गर्ने को हो ? त्यो माओवादी केन्द्र हो’, उनले भने, ‘पछाडि परेको वर्ग र जातिलाई राज्यको मूलप्रवाह स्थापित गर्न लड्यो। राज्यसत्ताविरुद्ध लड्यो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend