logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • सावित्री भण्डारी ‘साम्बा’ नहुँदा छनोटबाट बाहिरियौं : प्रशिक्षक ग्यारी 

    सावित्री भण्डारी ‘साम्बा’ नहुँदा छनोटबाट बाहिरियौं : प्रशिक्षक ग्यारी 

    7.9K
    Shares

    काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ को छनोटबाट बाहिरिनुको मुख्य कारण प्रभावशाली स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ नहुनु नै रहेको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताएका छन् । 

    नेपाली टोली उज्वेकिस्तानमा छनोट खेल खेलेर बुधबार स्वदेश फर्किएको हो । ‘छनोट प्रतियोगितामा सामान्य सावधानी अपनाउन नसक्दा टोली प्रतियोगिताबाट बाहिरियो । साम्बा नहुनु पनि टोली बाहिरिनुको मुख्य कारण बन्यो,’ प्रशिक्षक ग्यारीले भने । केही समयअघि घुँडाको चोट बोकेकी साम्बा अहिले उपचार गरेर बसेकी छन् । 

    फिफा वरियतामा नेपालमा भन्दा निकै माथि रहेको फिलिपिन्समाथि अन्तिम मिनेट सम्म अग्रता लिए पनि कायम राख्न नसक्दा नेपाल २–१ गोलले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरीमा रोकिएको थियो । पीशक्षक ग्यारीले खेलाडीको प्रदर्शन भने राम्रो रहेको बताए । नेपालले एसियन छनोट खेल्नु एक ठूलो मौका र अनुभव सगाल्ने अवसर भएको पनि प्रशिक्षक ग्यारीले बताए । 

    यसैगरी नेपाली टोलीकी कप्तान रेनुका नरकोटीले घुँडाको शल्यक्रिया गरेर आराम गरिरहेकी स्ट्राइकर साम्बाको अभाव टोलीका निकै खड्किएको बताईन् । साम्बा भएको भए नेपाल छनोट हुने उनको प्रतिक्रिया थियो । टोलीका अन्य खेलाडीले उज्वेकिस्तान भ्रमण समग्रमा राम्रो भएपनि एसिएन कपमा छनोट हुने लक्ष्य अधुरो रहेको बताए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend