logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • फरार बलात्कारी १० वर्षपछि पक्राउ

    फरार बलात्कारी १० वर्षपछि पक्राउ

    5.4K
    Shares

    काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएर हाल भक्तपुर सल्लाघारी बस्दै आएका च्याङ्गवा भन्ने सागर तामाङ छन् । 

    ०६८ कात्तिक २० गते दोलालघाटबाट १५ वर्षीया एक युवतीलाई राम्रो काममा लगाइदिन्छु भनेर काठमाडौं ल्याएर एक गेष्ट हाउसमा लगेर बलात्कार गरेका थिए । तामाङ विरुद्ध जिल्ला अदालत काठमाडौंले ०७१ बैशाख १५ गते ९ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको थियो । तर, उनी फरार भएकाले फैसला कार्यान्वयन हुन सकेको थिएन । 

    केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई बुधबार भक्तपुर सल्लाघारीबाट पक्राउ गरेको हाे । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाएको ब्यूरोका प्रमुख डीआइजी धिरज प्रताप सिंहले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend