logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • ट्रकमा लुकाएको १७५ किलो गाँजा बरामद

    ट्रकमा लुकाएको १७५ किलो गाँजा बरामद

    4.3K
    Shares

    काठमाडौं । ट्रकमा फल्स बटम बनाएर लुकाएर लैजादै गरेको ठूलो परिमाणको लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ।

    मकवानपुरका एसपी सोमेन्द्र सिंह राठौरको टोलीले मकवानपुर उपमहानगरपालिका– ११ थानाभर्‍याङ चोकमा ट्रक जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो। 

    पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ५९५० नम्बरको ट्रक बिग्रिएर थानाभर्‍याङमा मर्मत गर्न रोकिराखेको समयमा प्रहरीले जाँच गरेको थियो । प्रहरीले ट्रक चालक मकवानपुर भिमफेदीका मोहन स्याङतान र ट्रकमा सवार थाहा नगरपालिकाका प्रशान्त कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सोमेन्द्र सिंह राठौरका अनुसार शंका लागेर जाँच गर्दा लागू औषध गाँजा फेला परेको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend