logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाल आइपुगे अफ्रिदी

    नेपाल आइपुगे अफ्रिदी

    3.6K
    Shares

    काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी बिहीबार नेपाल आइपुगेका छन् । 

    चौथो संस्करणको इपीएलमा अफ्रिदीले काठमाडौं किङ्स–११ बाट खेल्दैछन् । काठमाडौंले यसअघिनै अन्तर्रष्ट्रिय खेलाडीको रूपमा अफ्रिदीलाई अनुबन्ध गरेको थियो । इपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ ।

    ४४ वर्षीय अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए । उनले पाकिस्तानका लागि २७ टेस्टमा १७ सय १६ रन र ४८ विकेट लिएका थिए। अफ्रिदीले ३ सय ९८ एक दिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टीट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend