logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सरकारमा बस्नेको मनभित्र मुटु होइन दर्शनढुंगा छ : ओली 

    सरकारमा बस्नेको मनभित्र मुटु होइन दर्शनढुंगा छ : ओली 

    4.4K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको बताएका छन् । 

    एमाले विशेष कमिटीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै ओलीले सरकारबारे यस्तो टिप्पणी गरेका हुन् । आफूतिर नलाग्ने शिक्षकलाई दुर्गममा सुरुवा गर्न थालेको भन्दै ओलीले भने, ‘यिनीहरुको त मानवीय मन पनि छैन । यिनीहरुका छातीभित्र मुटु होइन ढुंगा रहेछ ढुंगा । त्यो पनि दर्शनढुंगा भन्छन् नि छिप्पिएको सेतो । त्यस्तो मुटु छ ।’

    ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको चर्को आलोचना समेत गरेका छन् । उनले पार्टीसम्वद्ध कर्मचारी संगठनको कार्यालयमा ताला लगाएकोप्रति विरोध गर्दै ओलीले सरकारमाथि प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा प्रयोग गरेको पनि बताए ।

    ‘प्रहरीलाई कस्तो अप्ठ्यारो परेको छ हेर्नुस् त, अह्राएपछि नजाउँ पनि भएन । यो गर, त्यहाँ गएर ताला लगा भनेको छ, होइन भने दुर्गममा सरुवा गरिदिन्छ,’ ओलीले भने । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend