logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण कर्जा

    ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण कर्जा

    2.6K
    Shares

    काठमाडौं । कोभिड महामारीका कारण प्रभावितमध्ये १ लाख ११ हजार ४७१ जना सहुलितयपूर्ण कर्जा प्राप्त गरेका छन् । राष्ट्र बैंकका अनुसार गत साउन मसान्तसम्ममा सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा ११८ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

    २०७८ साउन मसान्तसम्ममा सहुलियतपूर्ण कर्जा प्रवाह भई १७२ अर्ब १७ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४८ हजार ४ सय ९८ ऋणीलाई प्रवाह भएको ११२ अर्ब ७५ करोड रुपैयाँ कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ६० हजार ३ सय २२ महिला उद्यमीलाई प्रवाह भएको ५५ अर्ब ७९ करोड रुपैयाँ कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ६ सय ५१ ऋणीको ३ अर्ब ६४ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

    ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ साउन मसान्तसम्ममा १ अर्ब रुपैयाँ स्वीकृत भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend