logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • बादल र टोपबहादुरलाई सम्झिँदा प्रचण्डलाई एलर्जी 

    बादल र टोपबहादुरलाई सम्झिँदा प्रचण्डलाई एलर्जी 

    2.9K
    Shares

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट अलग्गिएका रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा आफूलाई एलर्जी हुने बताएका छन् । 

    काभ्रेमा बिहीबार आयोजित योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै दाहाले एमालेमा लागेका नेताहरुप्रति यस्तो टिप्पणी गरेका हुन् । 

    दाहालले भने, ’त्यो टोपबहादुर भन्नेलाई मैले कतिचोटी मन्त्री बनाएँ । अहिले कहाँ छ हेर्नुस् त !  त्यो बादल हिजोको साथी । अहिले त सम्झिँदा पनि तैट ! एलर्जी हुन्छ ! तानेर ल्याएर गृहमन्त्री, सरकारको नेतृत्व तपाईंले गर्नुस् भनेर बनाएको त माओवादीले, अनि मैले हो नि ! 

    प्रचण्डले जो जति माथि आएको छ, त्यो त्यति नै बिग्रिएको पनि बताए । सर्वोच्च अदालतले एमाले–माओवादीलाई फरक फरक पार्टीको मान्यता दिएपछि बादल, टोपबहादुर लगायत नेताले एमाले रोजेका थिए । 

    प्रचण्डले माओवादीको तल ग्राउन्डमा बस्ने कार्यकर्ता कोही नबिग्रिएको र टाठाबाठा, चुनाव जिते आएका नेता बिग्रिएको पनि बताए । जसलाई खोजी खोजी मन्त्री बनायो, त्यही धोकेबाज भएको प्रचण्डाको आरोप थियो । प्रचण्डले आफु बाँचुन्जेल समाजवादी क्रान्तिका लागि लड्ने पनि बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend