logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    उद्योग बाणिज्य महासंघद्वारा तीन वस्तुुगत संघलाई बद्याई, समस्या समाधान गर्ने प्रतिवद्धता

    उद्योग बाणिज्य महासंघद्वारा तीन वस्तुुगत संघलाई बद्याई, समस्या समाधान गर्ने प्रतिवद्धता

    5K
    Shares

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले हालै निर्वाचन सम्पन्न भई नयाँ नेतृत्वमा आएका सदस्य वस्तुुगत संघहरू फ्लोरीकल्चर एसोसिएसन अफ नेपाल, एलपी ग्यांस उद्योग संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघका सम्पूर्ण पदाधिकारीलाई बद्याई दिएको छ । 

    नवनिर्वाचित टिमलाई स्वागत र बधाई दिनुका साथै भावी कार्ययोजना र गुनासो सुन्ने उद्देश्यले महासंघले वस्तुुगत संघका नवनिर्वाचित टिमको स्वागत एवं बधाई कार्यक्रमको श्रृंखला शुुरु गरेको हो । महासंघले यसअघि नेपाल औषधि उत्पादक संघको नवनिर्वाचित टिमको स्वागत गरेको थियो भने केही दिन भित्र थप केही वस्तुुगत संघका नवनिर्वाचित टिमको स्वागत गर्ने तयारी गरेको छ । 

    कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले संघका निर्वाचित पदाधिकारी र कार्य समिति सदस्यहरूलाई स्वागत सहित खादा लगाई बधाई दिएका थिए । 

    फ्लोरीकल्चर एसोसिएनका अध्यक्ष मीनबहादुर तामाङले कोभिडका कारण पुुष्प व्यवसाय क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेकाले राहत उपलव्ध गराउनुपर्ने, स्वदेशी पुष्प प्रवद्र्धनका लागि आयातित फूल प्रतिवन्ध लगाउनुु पर्ने, पुुष्प नीतिलाई संघीय संरचना अनुसार परिमार्जन गर्न महासंघले सहयोग गर्नुुपर्ने सुुझाव राखेको थिए । नेपाली पुष्पको आन्तरिक उत्पादनले करिब ९१ प्रतिशतको हाराहारीमा आन्तरिक बजार माग पुरा गरिरहेको र आत्मनिर्भर उन्मुख छ । 

    नेपाल एलपी ग्यांस उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले ठूलो लगानी रहेको एलपी ग्यांस उद्योगहरूलाई राज्यले हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने, केवल खाना पकाउने इन्धनको रुपमा मात्र नलिएर अन्य औद्योगिक प्रयोजनका उपायहरू पनि पहिल्याउनुु पर्ने सुुझाव दिए । संघमा हाल ५८ वटा ग्यांस उद्योगहरू आवद्ध छन् । एलपी ग्यास उद्योगमा करिव ११ सय करोड लगानी छ भने करिव २२ देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । 

    हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले उत्तरी छिमेकी देशसंग जोडिएका खासगरी तातोपानी र रसुुवाका व्यापारिक नाकाहरू सुुचारु नभएको र चीनसंगको व्यापार पूर्वावस्थामै फर्कन नसक्दा चीनसंग व्यापार गर्ने व्यवसायीहरू निकै ठूलो आर्थिक मारमा परेकाले महासंघले तत्कालै सरकार तथा चिनिया राजदूतावासमा यो बिषयमा पहल गरिदिन सुझाव राखे । 

    लामो समयसम्म दुवै नाकाहरू बन्द रहेका र हालपनि न्यूनतम सख्ंया तोकी सामान आयात गर्न दिने तर निर्यातका लागि कुनै व्यवस्था नभएकाले आयात पूर्ण रूपमा खोलिनु पर्ने र निर्यातका लागि पनि आवश्यक व्यवस्था हुन पर्ने, सीमा नाका तातोपानी र रसुवामा चिनिया पक्षबाट प्राप्त एसपीएस प्रमाणीकरण गर्ने व्यवस्था भएमा नेपालको निर्यात अभिवृद्धि हुने हुँदा यस्ता प्रयोगशालाको स्थापना हुनु पर्ने, सीमा नाकामा आयात निर्यातसंग सम्बन्धित व्यक्तिहरूलाई समस्या समाधान र उत्पन्न समस्या समाधान गर्न निश्चित पास सिस्टमको व्यवस्था हुनुपर्ने र नेपाल–चीन बीच भएको पारवहन सम्झौता प्रोटोकलको जति सक्दो चाडो कार्यान्वयनमा ल्याइनु पर्ने सुुझाव संघले दिएको छ । 

    महासंघका अध्यक्ष गोल्छाले स्वदेशी पुष्प व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा आफ्नो पनि जोड रहेको बताए । कोभिडबाट थलिएका पुुष्प व्यवसायीका समस्या समाधानमा महासंघले पहल गर्ने, पुुष्प नीति संशोधनको विषयलाई महासंघको वस्तुुगत परिषदमार्फत अगाडि बढाउने विश्वास दिलाए  एलपी ग्यांसका सम्बन्धमा सरकारसंग बसेर छलफल गर्ने, चीनसंगको व्यापारिक नाका पूर्वावस्थामै संचालन गर्न छिट्टै महासंघको नेतृत्व संघका पदाधिकारी समेत सम्मिलित टोलीले चिनिया राजदूत र सरकारको सम्बन्धित निकायमा भेटेर ठोस पहल गर्ने गोल्छाले प्रतिवद्धता जनाए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend