logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • अन्तत: इन्दिराको प्रेमी सार्वजनिक, खुम्बु पुगेर सुटुक्क ‘इन्गेजमेन्ट’ !

    अन्तत: इन्दिराको प्रेमी सार्वजनिक, खुम्बु पुगेर सुटुक्क ‘इन्गेजमेन्ट’ !

    5.2K
    Shares

    काठमाडौं । गायिका इन्दिरा जोशीले फिल्मी शैलीमा ‘इन्गेजमेन्ट’ गरेकी छिन् । लामो समयदेखि प्रेममा रहेको बताउँदै आएकी इन्दिराले प्रेमी भने सार्वजनिक गरेकी थिइनन् । 

    फेसन डिजाइनर शरद केडियाले बिहीबार हेलिकप्टरमार्फत खुम्बु पुगेर इन्दिरालाई औँठी लगाइदिएको भिडियो टिकटकमार्फत सार्वजनिक भएको हो । मिडियामा इन्दिराले इन्गेजमेन्ट गरेको खबर आइरहेपनि उनले यसबारे आधिकारिक धारणा भने सार्वजनिक गरेकी छैनन् । 

    औँठी लगाएको भिडियो क्याप्टेन विवेकले आफ्नो टिकटक खातामा पोस्ट गरेका छन् । उनले ‘दुवै जनालाई उज्वल भविष्यको कामना’ पनि भनेका छन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको एक फेसन शोमा भाग लिन जाने क्रममा शरदले इन्दिरालाई औँठी लगाइदिएका हुन् । 

    गत वर्ष इन्दिराले सामाजिक सञ्जालमा रिङ लगाइदिएको एक तस्बिर पोस्ट गर्दै आफूहरु विगत २ वर्षदेखी प्रेममा रहेको जानकारी दिँदै जिन्दगीको अन्तिम सास रहेसम्म एकसाथ रहने बाचा गरेकी थिइन्  । तर, नाम र फोटो भने गोप्य राख्दै आएकी थिइन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend