logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • खागको कुख्यात तस्कर नाङ्गे तामाङ जेल चलान

    खागको कुख्यात तस्कर नाङ्गे तामाङ जेल चलान

    3.7K
    Shares

    काठमाडाैं । चितवन राष्ट्रिय निकुञ्ज गैंडाकाे खाग तस्कर पक्राउ गरी जेल चलान गर्न सफल भएको छ ।

    जेल चलान हुनेमा मुगु जिल्ला साविक मुगु गा.वि.स. वडा न ९ स्थायी घर भइ हाल काठमाण्डौ महानगरपालिका–६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ लामा रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।

    चितवन राष्ट्रिय निकुञ्जको अनुरोधमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई गत भदौ २३ गते पक्राउ गरी निकुञ्ज कार्यालय बुझाएकाे थियो ।

    तामाङमाथि अनुसन्धान गरी जिल्ला अदालत नवलपुर पेश गरिएकोमा यही असोज ५ गतेको आदेशानुसार पूर्पक्षको लागि जिल्ला कारागार कार्यालय भरतपुर जेल चलान गरिएकाे छ ।

    तामाङमाथि यसअघि समेत यस कार्यालयले २०७७ फागुन १८ गते चितवन जिल्ला अदालतमा संरक्षित वन्यजन्तु गैंडा चोरीशिकार गरेको अभियोगमा मुद्धा दायर गरेको थियो ।

    तामाङ गैंडाकाे खाग तिब्बती व्यापारीलाई ओसार–पसार गराउने कार्यमा संलग्न रहेकाेसमेत पाइएकाे निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । यो समेत निकुञ्जले चालु आर्थिक वर्षमा ७ जना तस्कर पक्राउ गरी पूर्पक्षको लागि थुनामा पठाइसकेको छ ।

    तामाङसहितकाे टोलीले ०७६ भदाै ३१ गते दिउँसोको समयमा भाले वयस्क गैंडाको खाग धारिलो हतियार प्रयोग गरी काटेको अनुसन्धानबाट खुलेको थियो । उक्त याेजनामा १५ जनाकाे सहभागिता रहेकाे अनुसन्धानकाे क्रममा खुल्न आएकाे थियाे । अनुसन्धानको सिलसिलामा खुल्न आएका मध्ये ५ जनालाई यस अघि पक्राउ गरी पूर्पक्षमा थुनामा राखिएकाे छ । फरार १० मध्ये १ जना अहिले पक्राउ परेका हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend