logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • शाओमी नेपालको टेलिभिजनमा दशैं अफर –“मी लिएको छैन ?”

    शाओमी नेपालको टेलिभिजनमा दशैं अफर –“मी लिएको छैन ?”

    5.4K
    Shares

    काठमाडौं । शाओमी नेपालले दशैंको शुभअवसरमा शाओमी टिभीहरुको खरीदमा विशेष छुट ल्याएको छ ।

    ग्लोबल टेक्नोलोजी लीडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनको खरिदमा विशेष छुटको घोषणा गरेको छ । मी फ्यानहरुले यो अफर अनुसार विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुटहरु प्राप्त गर्नेछन् ।

    यो अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने,“देशमा शाओमी टेलिभिजनको लन्च भएदेखि नै हामीले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएका छौँ, जसमा हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन् । दशैँलाई लक्षित गर्दै शाओमीले ग्राहकहरुलाई यो चाडबाडको बेलामा नयाँ टेलिभिजन किन्न र शाओमीका टेलिभिजनहरुमा आफ्ना प्रियजनहसँग आफुलाई मनपर्ने कार्यव्रmमहरु हेर्नको लागि यो विशेष छुटको  अफर ल्याएको हो ।

    दशैंको अवसरमा साओमीले ६ प्रकारका टेलिभिजनको मूल्यमा बिशेष छुट दिएको छ । ३८ हजार ९ सय ९९ रुपैयाँ पर्ने मी एलईडी ४ ए प्रो ३२ को मूल्य घटाएर ३४ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ । यस्तै ४४ हजार ९ सय ९९ रुपैयाँ पर्ने मी एलईडी  ४ ए ४० को मूल्य घटाएर ३९ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ । ४९ हजार ९ सय ९९ मूल्य रहेको मी एलईडी ४ ए ४३ होराइजनको मूल्य घटाएर ४६ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ ।

    यसैगरी ६४ हजार ९ सय ९९ मूल्य पर्ने मी एलईडी ४ एक्स ४३ को मूल्य घटाएर ५४ हजार ९ सय ९९,  ८९ हजार ९ सय ९९ रुपैयाँ पर्ने मी एलईडी ४ एक्स ५५ को मूल्य घटाएर  ७९ हजार ९ सय ९९ र १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ पर्ने मी एलईडी ४ एक्स ६५ को मूल्य घटाएर १ लाख ९ हजार ९ सय ९९  रुपैयाँ कायम गरिएको छ । दशैंलाई लक्षित गरि साओमीले यस्ता टेलिभिजनको मूल्यमा कटौती गरेको हो । 

    साओमीले महापर्वको उमंग ट्यागलाइन अन्तर्गत दशैंविथ मी नामकमो दशैं अभियान पनि सुरु गरेको छ । मी ब्राण्डको टेलिभिजन खरिद गर्दा एकजना भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्न सक्नेछन भने मी फोन वापोको फोनको खरिदमा दुई भाग्यशाली ग्राहकले दैनिक मी ब्लुटुथ स्पीकर प्राप्त गर्न सक्नेछन् । यो अभियान १६ असोजदेखि २९ असोजसम्म सञ्चालनमा आउनेछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend