logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • प्राधिकरणले ५ सय स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने

    प्राधिकरणले ५ सय स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने

    4.5K
    Shares

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मुलुकको ५ सय स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । यसका लागि प्राधिकरणले शुक्रबार सूचना जारि गर्दै आशय पत्रसमेत माग गरेको छ ।

    सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा ५ सय स्थानमा निजी संस्थाको सहकार्यमा चार्जिङ स्टेसन निर्माण गर्ने निर्णय गरेको थियो । यसैको आधारमा प्राधिकरणले ५० ओटा चार्जिङ स्टेसन निर्माणको काम अघि बढाइसकेको छ ।

    थप स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि निजी संस्थासँग आसयपत्र माग गरिएको हो ।  प्राधिकरणका अनुसार चार्जिङ स्टेसन देश भरका राजमार्ग, बसपार्क, सपिङमल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेष्टुरेन्ट लगायतका सार्वजनिक स्थानमा निर्माण हुनेछन् । त्यसका लागि निजी क्षेत्र तथा सार्वजनिक संस्थाहरूसँग सहकार्य गर्न लागिएको प्राधिकरणले जनाएको हो ।

    राष्ट्र बैंकले बिहीबार मात्रै पुनरकर्जाको विषयमा नयाँ व्यवस्था गर्दै चार्जिङ स्टेसन निर्माणका लागि ५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने निर्णय गरेको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend