logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • दिल्लीकाे राेहीणी अदालतमा गाेलीबारी, ‘मोस्ट वान्टेड ग्याङस्टर’सहित तीन जनाकाे मृत्यु

    दिल्लीकाे राेहीणी अदालतमा गाेलीबारी, ‘मोस्ट वान्टेड ग्याङस्टर’सहित तीन जनाकाे मृत्यु

    3.7K
    Shares

    काठमाडाैं । दिल्लीकाे राेहीणी अदालत परिसरमा शुक्रबार गाेलीबारी भएकाे छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीकाे माेस्ट वान्टेड ग्याङस्टार जितेन्द्र गाेगीकाे हत्या भएकाे छ । अदालत परिसरमा नै उनकाे हत्या भएकाे हाे । 

    भारतीय सञ्चारमाध्यममा प्रकाशित रिपाेर्टका अनुसार गाेगी पेशीका लागि अदालतमा आएका थिए । त्यहीँ वकिलकाे भेषमा आएका २ जनाले गाेगीमाथि गाेली प्रहार गरेका थिए । त्यसपछि स्पेशल फाेर्सले जवाफी फायरिङ गरेकाे थियाे । जवाफी कारबाहीमा उक्त २ जनाकाे पनि मृत्यु भएकाे छ । 

    उक्त गाेलीबारीमा अन्य तीन–चार जना घाइते भएकाे पनि समाचारमा जनाइएकाे छ ।

    अदालतको २०७ नम्बर कोठामा उक्त घटना भएको थियो । गाेगीलाई न्यायाधीशसमक्ष पेश गर्दा एक्कासी गोली चलेको थियो । त्यहाँ भएका व्यक्तिहरू आत्तिएपछि भागदौड मच्चिएको थियो । जितेन्द्र गोगी सन् २०२० मार्चमा पक्राउ परेका थिए ।

    मोस्ट वान्टेड ग्याङस्टर गाेगी हत्या, अपहरण र पुलिसमाथि हमला आदीमा सामेल हुँदै आइरहेका थिए । सन् २०२०काे मार्चमा पक्राउ परेपछि उनलाई जेलमा हालिएकाे थियाे । 

    यस घटनामा मारिएका अन्य २ जनाकाे भने पहिचान खुलेकाे छैन ।

    अदालतभित्र नै गाेलीबारी भएपछि सुरक्षा व्यवस्थाकाे आलाेचना भइरहेकाे छ । सामाजिक सञ्जाल प्रयाेगकर्ताले भारतका गृहमन्त्री अमित शाहलाई मेन्सन गरी प्रश्नसमेत गरेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend