logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • थपिए १४ सय ७६ काेराेना संक्रमित, ९ जनाकाे मृत्यु 

    थपिए १४ सय ७६ काेराेना संक्रमित, ९ जनाकाे मृत्यु 

    4.9K
    Shares

    काठमाडाैं । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७६ कोरोना संक्रमित थपिएका छन् । १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो ।

    १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा संक्रमण देखिएकाे हाे । 

    यही अवधिमा ९ संक्रमितको मृत्यु भएको छ भने १ हजार ५ सय ५० जना निको भएर घर फर्किएका छन् । हाल देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयकाे तथ्यांक छ ।

    covid.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend