logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • दुवईमा वसन्त चौधरीलाई हृदयाघात, ओपन हार्ट सर्जरीको तयारी

    दुवईमा वसन्त चौधरीलाई हृदयाघात, ओपन हार्ट सर्जरीको तयारी

    3.9K
    Shares

    काठमाडौं । व्यवसायिक घरानाका उद्योगपति वसन्त चौधरीलाई हृदयाघात भएको छ। दुवईमा होलिडे मनाउन गएका चौधरीलाई हृदयाघात भएको पारिवारिक स्रोतले जनाएको छ। 

    पारिवारिक स्रोतकाअनुसार चौधरी ३ दिनअघि छोरी र नातिनीसँगै होलिडे मनाउन दुवई गएका थिए । दुवईमै भएको अवस्थामा शुक्रबार चौधरीलाई ह्रदयघात भएको थियो । उनलाई दुवईको एक अमेरिकन हस्पिटलमा भर्ना गरिएको छ । 

    डाक्टरले चौधरीको ओपन हार्ट सर्जरी गर्नुपर्ने सुझाव दिएका छन। चौधरी लामो समयदेखि मुटुका बिरामी रहेको परिवारिक स्रोतले जनाएको छ । चौधरी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालका सञ्चालकसमेत हुन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend