logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढेको छैन : अर्थ मन्त्रालय 

    स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढेको छैन : अर्थ मन्त्रालय 

    3.8K
    Shares

    काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल वृद्धि नगरेको बताएको छ ।   सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममा स्यानिटरी प्याडको भन्सार महसुल बढेको भन्दै समाचार आएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै अर्थ मन्त्रालयले यस्तो बताएको हो । 

    अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दे स्यानीटरी प्याड आयातमा आर्थिक २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार  महसुल नै कायम भएको बताएको हो । 
    ‘अघिल्लो वर्षको भन्सार महसुललाई आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको हो’, सचिवालयले सार्वजनिक गरेको प्रेस नोटमा भनिएको छ, ‘वर्तमान सरकारले महसुल बढाएको भन्ने भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौं ।’ 

    मन्त्रालयले स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुल आधा घटाएर ५ प्रतिशत मात्र कायम भएको जनाएको छ । ‘स्वदेशी उद्योगलाई प्रोत्साहन गरेर आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो’, विज्ञप्तिमा थप भनिएको छ ।  

    अर्थमन्त्री शर्माको सचिवालयले सार्वजनिक गरेको प्रेस नोटमा तथ्यपरक अध्ययन नगरी भ्रमको पछाडि नलाग्न सबैलााई अनुरोधसमेत गरिएको छ । ‘ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानीजानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौं।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend