logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    आईपीएल : धोनीको टिम चेन्नईसँग कोहलीको बैंग्लोर ६ विकेटले पराजित 

    आईपीएल : धोनीको टिम चेन्नईसँग कोहलीको बैंग्लोर ६ विकेटले पराजित 

    3.6K
    Shares

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा  चेन्नई सुपर किंग्ससँग रोयल च्यालेन्जर्स बैंग्लोर ६ विकेटले पराजित भएको छ । 

    सारजाह क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रसिंह धोनीको कप्तानीको चेन्नईले विराट कोहली कप्तानीको  बैंग्लोरमाथि शानदार जित दर्ता गरेको हो।

    टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले प्रस्तुत गरेको १५७ रनको लक्ष्य चेन्नईले चार विकेटको क्षतिमा १८ ओभर एक बलमै भेट्टाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडीले ३८, फाप डू प्लेसिसले ३१ तथा अम्बाती रायडूले ३२ रनको योगदान दिए । 

    खेलमा पहिलो ब्याटिङ गरेको बैंग्लोरका लागि कप्तान विराट कोहली र देवदत्त पादिकाले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ४१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाए भने  पादिकालले ५० बलमा पाँच चौका र ३ छक्काको सहयोगमा ७० रन बनाए । तर, बैंग्लोरलाई हारबाट जोगाउन सकेनन् । 

    यो जितसँगै चेन्नई शीर्ष स्थानमा छ । दोस्रो स्थानमा दिल्ली क्यापिटल रहेको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend