logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • दिल्ली अदालतमा गोली चल्दा मृत्यु हुनेको संख्या चार पुग्यो 

    दिल्ली अदालतमा गोली चल्दा मृत्यु हुनेको संख्या चार पुग्यो 

    4K
    Shares

    नयाँदिल्ली ।  भारतका ‘चर्चित ग्याङ्गस्टार’ जितेन्द्र मान गोगीलाई अदालतमा पेश गर्नुअघि राजधानी नयाँदिल्लीस्थित रोहिणी अदालतमा गोली चल्दा मृत्यु हुनेको संख्या चार पुगेको छ । 

    गोली लागेर गोगीको मृत्यु भएको छ भने प्रतिक्रियामा सुरक्षाकर्मीले चलाएको गोली लागि तीन आक्रमणकारीको पनि मृत्यु भएको रोहिणी अदालतका एक अधिकारीले बताए ।

    आक्रमणकारी वकिलको भेषमा आई एक्कासी गोगीलाई लक्षित गरेर गोली चलाएका थिए । घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

    प्रहरीको स्पेशल सेलले दुई वर्षअघि पक्राउ गरेर तिहाड जेलमा राखेका गोगीको मुद्दामा शुक्रबार पेशी परेपछि रोहिणी अदालत ल्याइएको थियो ।

    गोगीले अपराध गरेर अकुत सम्पत्ति कमाएको दिल्ली प्रहरीको दाबी छ । उनकोसञ्जालमा ५० भन्दा बढी व्यक्ति रहेका र उनीहरूले मानिसहरूलाई धम्क्याउने, चन्दा सङ्कलन गर्ने र आतङ्कित पार्नेजस्ता अवाञ्छित क्रियाकलाप गर्ने गरेको प्रहरीको भनाइ छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend