logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • व्यापारी हत्यामा संलग्न भएको आरोपमा चार जना पक्राउ 

    व्यापारी हत्यामा संलग्न भएको आरोपमा चार जना पक्राउ 

    2.9K
    Shares

    बैतडी । बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

    सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वजनिक गरेको हो । 

    यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको थियो । हत्यामा तीन जनाको संलग्नता नदेखिएपछि उनीहरुलाई छाडिएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।  

    सुर्नया गाउँपालिका–४ को लेकडाँडा घर भई स्थानीय सन्सेरीमाडौँमा मासु पसल सञ्चालन गर्दै आएका कमलसिंह महरा बिहीबार बिहान सन्सेरीमाडौँमा मृत फेला परेका थिए । 

    उनको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकाले हत्या गरेको आशङ्कामा प्रहरीले खोजी सुरु गरेको थियो । 

    अनुसन्धानका लागि खटिएका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली बिहीबार घटनास्थलमा खटिएको थियो । 

    शाही नेतृत्वको टोलीले घटना भएको सो घट्नामा संलग्न रहेकाहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । 

    उनीहरुविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भई जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान जारीे रहेको प्रहरीले जनाएको छ । मृतक महराको शव जिल्ला अस्पतालमा परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend