logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • अधिकारकर्मी कमला भासिनको निधन 

    अधिकारकर्मी कमला भासिनको निधन 

    4.6K
    Shares

    काठमाडौं । महिला अधिकारकर्मी कमला भासिनको निधन भएको छ । क्यान्सरको उपचार गराइरहेकी भासिनीको शनिबार बिहानै मृत्यु भएको हो । दक्षिण एसिया र भारतमा महिला अभियानका लागि उनले ठूलो योगदान गरेकी थिइन् । 

    अधिकारकर्मी कविता श्रीवास्तवले ट्वीट गर्दै उनको निधनले महिला अधिकारको क्षेत्रमा ठूलो धक्का लागेको बताएकी छन् । भासिनको जन्म सन् १९४६ अप्रिल २४ मा भारतको राजस्थानमा भएको थियो । 

    तीन दशकबढी विकास, शिक्षा र महिला अधिकारको क्षेत्रमा काम गरेकी उनले  १९७६ देखि २००१ सम्म संयुक्त राष्ट्र संघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनमा काम गरेकी थिइन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend