logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • इपीएलको उद्घाटनमा काठमाडौं र ललितपुर भिड्दै 

    इपीएलको उद्घाटनमा काठमाडौं र ललितपुर भिड्दै 

    3.6K
    Shares

    काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । 

    प्रतियोगिताको उद्घाटन खेलमा विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२ः१५ बजे हुनेछ । 

    असोज २३ गतेसम्म चल्ने इपीएलमा काठमाडौं र ललितपुरसँगै विराटनगर वारियर्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज गरी ६ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । 

    टी–२० फरम्याटको इपीएलको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १५ लाख पाउनेछ । यस पटक इपीएलको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको हो । यस पटक इपीएलमा चर्चित विदेशी खेलाडीहरुको सहभागिता रहेको छ ।

    जसमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, बंगलादेशका सफल ब्याट्सम्यान तमिम इकबाल, श्रीलंकाका पूर्व कप्तान तथा ओपनर उपु थरंगा र अहिलेका राष्ट्रिय टिमका खेलाडी असेला गुनरत्ने, वेस्ट इन्डिजका केसरिक विलियम्स र हेमराज चन्द्रपल, जिम्बावेका सिकन्दर राजा, अफगानिस्तानका मोहम्मद शाहजाद र रहमानुलल्ह गुर्बाज जस्ता खेलाडी खेल्दैछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend