logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • शान्ति सेनामा नेपाली फौज बढाउन परराष्ट्रमन्त्री खड्काको आग्रह

    शान्ति सेनामा नेपाली फौज बढाउन परराष्ट्रमन्त्री खड्काको आग्रह

    2.6K
    Shares

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार कुवेतका विदेशमन्त्री डा. अहमद नासेर अलमोहम्मद अलअहमद अल जाबेर अलसवाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । 

    उक्त अवसरमा उनीहरूबीच नेपाल–कुवेत सम्बन्धका साथै आप्रवासी कामदार, व्यापार, पर्यटन, लगानी प्रवर्द्धनलगायत साझा चासो र अन्य विषयमा विचार–विमर्श भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । 

    शनिबारनै परराष्ट्रमन्त्री खड्काले राष्ट्रसङ्घको शान्तिकार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता गरे । त्यस अवसरमा उनीहरूबीच राष्ट्रसङ्घीय शान्ति स्थापनाको कार्यमा नेपाल र राष्ट्रसङ्घबीचको विद्यमान साझेदारीलाई अझ विस्तार गर्ने सम्बन्धमा विचार आदानप्रदान भएको थियो । मन्त्री खड्काले शान्ति सेनामा नेपाली फौज बढाउन, नेपाललाई कार्य क्षेत्र र राष्ट्रसङ्घीय प्रधान कार्यालयमा उच्च ओहोदा सुनिश्चित गर्नुपर्ने नेपालको आह्वानलाई पुनः मुखरित गरे । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend