logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • महाधिवेशनको उत्साहले पार्टीलाई बलियो बनाउँछ : देउवा

    महाधिवेशनको उत्साहले पार्टीलाई बलियो बनाउँछ : देउवा

    2.9K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको गाउँ र नगर अधिवेशनमा देखिएको उत्साहलाई पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

    देउवाले पालिका अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै कोभिड १९ विरुद्ध स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशनमा सहभागि हुन कार्यकर्ताहरुमा आग्रह समेत गरेका हुन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अधिकांश जिल्लामा गाउँपालिका र नगरपालिकाको अधिवेशन शनिबार भइरहेको छ । 

    सामाजिक सञ्जालमार्फत देउवाले कांग्रेस कार्यकर्ताहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । ‘तपाईहरुको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ । जनताको मन जित्नेगरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु’, देउवाले भनेका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend